नेकपाको ओली पक्षले सातै प्रदेशमा नयाँ केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने

पुष, ८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले सातै प्रदेशमा प्रशिक्षण दिने तयारी गरेको छ ।

नयाँ केन्द्रीय सदस्यहरुलाई सातै प्रदेशमा प्रशिक्षण दिइने भएको छ । मंगलवार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले ११९९ जना पुर्याउनेगरी केन्द्रीय सदस्य थप गरेको थियो ।

थप गरिएका केन्द्रीय सदस्यहरुलाई कार्यगत प्रशिक्षण सञ्चालन गरिने र त्यसका लागि सातै प्रदेशमा प्रतिनिधि खटाइएको ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

को–को जादैछन् त प्रशिक्षको लागि

सूचना पढ्नुहोस्

पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनित कमरेडहरूलाई कार्यगत प्रशिक्षण संचालन हुने भएकोले निम्नबमोजिम जिम्मेवार नेताहरू खटिनुभएको छ ।
१.सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश( टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।
प्रदीप ज्ञवाली
प्रवक्ता
८ पुस २०७७