‘काठमाडौं भेज फेस्ट २०२०’ आयोजना गरिदै

पुष, ७ काठमाडौं । शाकाहारी र वनस्पति आधारित खानेकुराको उत्सव ‘काठमाडौं भेज फेस्ट २०२०’ आयोजना गरिदै छ ।

मासु र दुग्ध जन्य मुक्त खानेकुराहरु अहिले मानिसहरुको जिवनशैलीमा बढ्दो लोकप्रियताका भएका कारण उक्त कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

यही आउँदो डिसेम्बर २६ का गते (नेपाली समय पुष ११ शनिवार) का दिन उक्त कार्यक्रमको आयोजना गरीने भएको हो ।

नेपाल हाउस रेस्टुरेन्ट को परिसरमा उक्त कार्यक्रम हुँदै छ । यो उत्सवको स्नेहा केयरले आयोजना गरेको हो ।

यसको उद्देश्य जनतालाई उनीहरूको खाने र बाँच्ने तरिकामा सकारात्मक परिवर्तन गर्न सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ ।