थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु

पुष, ९ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार पनि ५ जना संक्रमितको मृत्यु भएको थियो।