सर्वोच्चले माग्यो संसद विघटनको लिखित जवाफ

पुष, १० काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमाथि अहिले संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ ।

सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।