प्रधानमन्त्री द्वारा मन्त्रीपरिषद्को विस्तार , पुराना मन्त्रालयमा पनि निकै हेरफेर

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।

जस अन्तर्गत टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिंचाई) ,प्रभु साह (शहरी विकास)को जिम्मेवारी लिएका छन भने गौरीशंकर चौधरी (श्रम तथा रोजगार) ,गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), मणि थापा (खानेपानी तथा सरसफाई)दाबा लामा (युवा तथा खेलकूद) प्रेम आले (वन तथा वातावरण) ,जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)साथै विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)को जिम्मेवारी पाएकी छिन ।

साथै मन्त्रालय हेरफेर भएका :
हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि)

भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

पदमा अर्याल (कृषि तथा पशुपंक्षी)

शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)को जिम्मा लिएका छन।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । यसो गर्दा नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले बढी प्राथमिकता पाएका छन् ।