मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पुष, १२ काठमाडौं । ३६ जना सांसदको हस्ताक्षरसहित प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको बुझिएको छ ।

यसअघि शनिवार प्रदेश १ का मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।

त्यस्तै आज नै प्रदेश नं १ का २ राज्यमन्त्रीसहित ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।