कांग्रेसका युवा नेता गगन थापा निर्वाचनबाट किन डराए यसरी ?

पुस,१२ काठमाडौं । सांसद पद फुत्किएको दिन नयाँ बानेश्वरमा सानो आकारको विरोध सभालाई सम्बोधन गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले निर्वाचनबाट डराएको टिप्पणी हुन थालेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य थापाले पार्टीलाई चुनावमा लैजाने करामा फरक धारणा राख्दै आएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई फाइदा हुने गरेर नेता थापाले विघटन भइसकेको संसद पुनर्स्थापनाको माग गर्दै आएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा थापाले निर्वाचनको तयारी छाडेर सडक आन्दोलन गर्नुपर्ने धारणा राखेका छन् ।कांग्रेसका युवा नेता एवम् युवाहरूका ढुकढुकी थापाले किन निर्वाचनसँग डराएर प्रचण्ड–माधवको पछाडि लागे भनेर धेरैले आश्चर्य व्यक्त गरेका छन् ।‘प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको असंवैधानिक, अधिनायकवादी, निरंकुश र बदनियतपूर्ण छ भन्ने पार्टीको पदाधिकारी बैठकले निष्कर्ष निकालिसक्यो’, थापाले बैठकमा भनेका छन्, ‘कांग्रेस अलमलमा पर्न जरूरी छैन।

सडकबाट प्रतिरोध गर्न कत्ति पनि ढिला गर्न हुन्न ।’उनले ओलीको संविधानविपरीत कदम सच्याउने निर्वाचनमार्फत् नै भए पनि अधिनायकवादी भनेका ओलीले वैशाख १७ मा निर्वाचन गराउने कुरामा आफूले विश्वास गर्न नसक्ने बताएका छन् ।‘निर्वाचन गर्ने एउटा उपाय छ । संसद पुनर्स्थापना’, थापाले भने, ‘त्यसले मात्रै विस्तारै चुनावमा लैजाने वातावरण बनाउन सक्दछ ।’‘अदालतले के भन्छ भनेर कांग्रेसले कुर्ने होइन’, थापाले भनेका छन्, ‘कांग्रेस अलमलमा पर्ने पनि होइन ।’ उनले संविधान उल्लंघन भएको छ भनेर आफ्ना कुराहरू अदालतलाई सुनाउनुपर्ने बताएका छन् ।

कांग्रेसका युवा नेता थापाले पनि निर्वाचनको साटो संसद पुनर्स्थापनाको माग गरेपछि धेरैले चासो र रहस्यका रुपमा हेरेका छन् ।