चिनियाँ उच्च स्तरीय टोली र माधव नेपालबीच भेटवार्ता

पुष, १३ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का (प्रचण्ड–नेपाल पक्ष)अध्यक्ष माधवकुमार नेपाललाई भेट्न चिनियाँ टोली कोटेश्वर पुगेको छ ।

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भइरहेको जनाइएको छ । चिनियाँ टोली नेपाल आएलगत्तै उच्चस्तरीय भेटवार्तामा लागेको हो ।

सो टोलीले बिहान डेढ घण्टा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो ।