देशभर १६५ निर्वाचन क्षेत्रमा शुरू भयो कांग्रेसको प्रदर्शन

पुस,१३ काठमाडौ ।प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमवार देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ ।

प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा सोमवार विरोधको कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवा भक्तपुरको कार्यक्रममा सहभागी हुँदैछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको कार्यक्रममा सहभागी हुँदैछन् ।

काठमाडौंको बानेश्वरमा हुने प्रदर्शनमा प्रकाशमान सिंह र कोटेश्वरमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दैछन् ।केन्द्रीय सदस्य गुरुराज घिमिरे बनेपाको कार्यक्रममा सहभागी भएका छन् भने गगन थापा नेपालगञ्जको प्रदर्शनमा सहभागी हुँदैछन् ।