पुस,१३ काठमाडौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ । नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् ।
राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै रसियासँग संसारका १०८ देशले हाल खोप मागेकोमा रसियाले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी राजदूत नोविकोवले जानकारी गराएका छन् ।
भेटमा मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।







