फागुन,२ काठमाडौ।प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले चौथाे चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समूहको केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनअन्तरगत फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेकपा नेता योगेश भट्टराईले बताए । उनकाअनुसार ७ फागुनमा पालिकाको वडा स्तरमा विरोध कार्यक्रम, ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध अन्तरक्रिया , ९ गते प्रतिगमन र महिला हिंसाका घटनाकाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् । त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलाे विरोधसभा हुने उनले बताए ।







