भागरथीका हत्या प्रकरण (प्रारम्भिक अनुसन्धान) : बदला लिनको लागी भीरबाट लडाएर हत्या

फागुन, ५ काठमडौं । बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा कक्षा ११ मा अध्ययन दिनेश भट्ट पक्राउ परेका छन् । प्रहरीले उनलाई गत शनिवारमा नै पक्राउ परेका हुन् ।
तर, प्रहरीले मंगलबार(हिजो) पक्राउ परेको विषय सार्वजनीक गर्यो । प्रहरीका अनुसार उनले भागरथीको हत्या गरेको स्वीकार गरेको प्रहरीको प्ररम्भिक अनुसनधानमा खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार आरोपिले पुरानो बदला लिनका लागि हत्या गरेको प्रहरीले जनाएको छ ।
आरोपिले बदला लिनको लागी भीरबाट लडाएर हत्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । दिनेशपनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन्।

भागरथीको हत्यापछाडि पुरानो रिसबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए । घटनापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए। भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ।
स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा उनको सहभागीता रहेको बताएका छन्।

त्यही आन्दोलनको क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए ।