कोरोनाः विश्वभर नौ हजार एकसय बढीको मृत्यु

फागुन, १९ काठमाडौं। पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार एक सय २५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार नौ सय ६३ जना रहेका छन् भने ५६ हजार एक सय ३८ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार सात सय २६ जनाको मृत्यु भएको छ भने ५८ हजार दुई सय ३७ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय ४१, जर्मनीमा चार सय एक, मेक्सिकोमा चार सय ३७, बेलायतमा तीन सय ४३, फ्रान्समा तीन सय ३०, भारतमा एक सय १०, स्पेनमा एक सय ९२, कोलम्बियामा एक सय छ, अर्जेन्टिनामा एक सय १५, पोल्यान्डमा दुई सय १६, दक्षिण अफ्रिकामा एक सय ९४, युक्रेनमा एक सय ६२, इन्डोनेसियामा एक सय ९३, रोमानियामा एक सय छ, हंगेरीमा एक सय ३०, स्लोभाकियामा एक सय १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।