सहमतिमै अलग भए प्रचण्ड–नेपाल

फागुन, २५ काठमाडौं । प्रचण्ड–माधव समूहले सोमवार बसेको स्थायी कमिटीको बैठक नेकपाको लागि अन्तिम भएको जनाएको छ। उनीहरु सहमतिमै छुट्टिएका छन् । सो समूहको आजको बैठकले एमाले एमाले तर्फ र माओवादी माओवादी तर्फ नै जाने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतवारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।

श्रेष्ठले पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार आयोगले कार्यान्वयनको प्रक्रिया जसरी अघि बढाउँछ त्यही अनुसार हुने बताए । दुई पार्टीमा एकिकरणको पहल भएपनि तत्काल भने फरक फरक दलका रुपमा कार्य हुने जानकारी गराए।

बैठकले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर सर्वोच्चले राजनीतिक फैसला गरेको निष्कर्ष निकालेको छ।