कोरोनाः विश्वभर थप छ हजार दुई सय ६२ जनाको मृत्यु

फागुन, २५ काठमाडौं । पछिल्लो विवरण अनुसार विश्वमा छ हजार दुई सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजीलका रहेका छन् । ब्राजीलमा एक हजार एक सय १४ जनाको मृत्यु भएको छ भने ३६ हजार एक सय ३६ जना संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा सात सय ६१ जनाको मृत्यु भएको छ भने ४३ हजार तीन सय ९२ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा तीन सय ७९ जना, फ्रान्समा तीन सय ५९ जना, स्पेनमा एक सय जना, इटालीमा तीन सय १८ जना, जर्मनीमा एक सय ६६ जना, अर्जेन्टिनामा दुई सय ४१ जना, मेक्सिकोमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा एक सय २५ जना, युक्रेनमा एक सय छ जना, इन्डोनेसियामा दुई सय ८१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।