फागुन, २५ काठमाडौं । आजका लागि बोलाइएको एमालेको सचिवालय बैठक स्थििगत भएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले आजका लागि सचिवालय बैठक बोलाएका थिए । तर, माधव नेपाल र झलनाथ खनाल एमालेमा फर्कने भएपछि तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बुझिएको छ ।
ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।







