चैत, १९ काठमाडों । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बस्दै छ ।
केहीबेरमा बस्न लागेको बैठकले सरकारलाई समर्थन फिर्ता लिन सक्ने निर्णय हुनन सक्ने बुझिएको छ ।
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।
बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसदमा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनले बताएका थिए ।







