जेठ, १६ काठमाडौं । आज विहान कांग्रेस सभापनि शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलको गठबन्धनको बैठक सकिएको छ । बैठकमा सरकारले अध्यादेशमार्फ ल्याएको बजेटको विष्यमा छलफल गरेको छ ।
विपक्षी गठबन्धनले सरकारले संसद विघटन गरी अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।
काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।







