कांग्रेस महामन्त्री सशांक कोइराला अस्पताल भर्ना

भदौ ३१, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पताल भर्ना भएका छन् । केही दिन अघि उनका कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसयता कारण होम आइसोलेसनमा बसेका उनी मंगलबार साँझबाट अस्पताल भर्ना भएका हुन् । ज्वरो निकै बढेपछि उनी चावहिलस्थित ओम असपतालमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था सुधारोन्मुख छ ।