दशौं एसियाली भैंसी विज्ञ सम्मेलन २०२१ सम्पन्न

कात्तिक, १४ काठमाडौं । दशौं एसियाली भैंसी विज्ञ सम्मेलन २०२१ सम्पन्न भएको छ । यहि कात्तिक ८ देखि १२ गते सम्म भर्चुअल माध्यमबाट सम्मेलन सम्पन्न भएको हो । सन् १९९२ मा एसियाली देशहरुमा अनुसन्धानको माध्यमबाट भैंसी उत्पादनको दिगो विकास गर्ने उद्देश्यले भैंसी उत्पादनमा सक्रिय देशका वैज्ञानिकहरु द्वारा एसिया बफेल्लो एशोसिएसन स्थापना गरिएको थियो । प्रत्येक ३÷३ वर्षमा एसियाली भैंसी विज्ञ सम्मेलनको आयोजना गरि आपसी ज्ञान, सिप र प्रविधिको आदानप्रदानगर्ने परम्परा बसालेको छ ।

नेपालमा भैंसी उत्पादनको अत्याधिक महत्व रहेको र स्थापनाकाल देखि नै नेपालले उक्त सम्मेलनहरुमा आफ्नो वैज्ञानिक सहभागिता जनाउँदै आएको भएपनि नेपालले नेतृत्व लिने अवसर भने भारतको हिसारमा सन् २०१८ मा आयोजितनवौं सम्मेलनमा प्राप्त गरेको थियो । उक्तनवौं सम्मेलनमा नेपालका विख्यात भैंसी प्रजनन प्रविधि वैज्ञानिक कृषितथावन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनका प्राध्यापक डा. भूमिनन्द देवकोटा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएसँगै दशौं सम्मेलन नेपालले आयोजना गरिएको हो ।