कोरोनाः थप १४३ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

कात्तिक, २१ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।