एमाले फिदिम नगर कमिटी अध्यक्षमा जलकुमार तामाङ निर्वाचित

कात्तिक, २५ काठमाडौं । नेकपा(एमाले) फिदिम नगर कमिटीका प्रथम अधिवेशनबाट जलकुमार तामाङ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

बुधबार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्बत चयन भएको हो ।

अधिवेशनअन्तर्गत बुधबार राती सम्पन्न बन्द सत्रबाट तामाङको अध्यक्षतामा सहमतिमा नयाँ नगर कमिटी चुनिएको हो । उक्त कमिटीको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो र उपसचिवद्वय दीपेन्द्र थापा मगर र सुमन चापागाँई निर्वाचित भएका हुन् । निर्वाचित कमिटीको ३३ प्रतिशत अर्थात २५ जना महिला सदस्य छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।