कात्तिक, २५ काठमाडौं । नेपाल बार एसोसिएशनले आज प्रानन्यायाधीस चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै उपत्यकका सबै अदालत र न्यायाधिकरणमा विहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्ना दिदैछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलन आजदेखि थप सशक्त हुनेसमेत देखिएको छ ।
यसअघि सर्वोच्च अदालत र बार एसोसियसनको केन्द्रीय कार्यालय परिसरमा मात्रै आन्दोलन गरिरहेको बारले आफ्नो आन्दोलनलाई क्रमशः विस्तार गर्दै लगेको छ। बारले आफ्नो आन्दोलन सशक्त बनाउन देशभरका ९० वटा बार एकाइसँग छलफलसमेत गरिसकेको छ। उक्त छलफलमा बारम्बार आन्दोलन गरिरहनुभन्दा निर्णायक आन्दोलन गर्नुपर्ने सुझाव दिइएको थियो।
बिहीबारदेखि सुरु हुने आफ्नो आन्दोलनलाई सहयोग गर्न बारका महासचिव लीलामणि पौडेलले उपत्यकाभित्रका सबै न्यायिक निकायलाई आग्रह गरेका छन् ।
बार एसोसियसनसँगै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुसमेत कात्तिक ८ गतेदेखि आन्दोलनमा छन्।







