पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

१० फागुन, काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गरे ।

चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।