१३ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका–१२ मंगलबजार स्थित इटिचोकबाट प्रहरीले १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
गएराति जुवा खालबाट ८८ हजार ६६५ रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए।
जुवा खालबाट प्रहरीले कौडा बरामद गरेको छ । उनीहरुले अनलाइन मार्फत भुक्तानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
अनलाइन मार्फत भुक्तानी गरेको बारे अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।







