वडासचिव मोहम्मद सिद्दिकविरुद्ध मुद्दा दायर

१७ फागनु, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग तीन हजार घूस लिएको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव मोहम्मद सिद्दिकविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगको बुटबल कार्यालयबाट खटिएको टोलीले निज सिद्दिकलाई गत पुस २ गते सेवाग्राहीसँग घूस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो ।

वडासचिव सिद्दिकलाई तीन हजार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।