साढे १ करोड नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

२२ फागुन, काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले आइतबार काठमाडौंको ताहचलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी छन्।

उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ।