२३ फागुन, काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्।
गाउँपालिका–४ नल्लुमा रहेकाे एक घरमा मृत भेटिएको हो । प्रहरीकाअनुसार एक घाइते छन् ।
प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ र दुई दिनको एक नवजात शिशुको मृत्यु भएको हो ।
२२ वर्षीय सुभाष स्याङताङ घाइते छन् । उपचारका लागि उनलाई अस्पताल लगिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।







