पहिरोले पुरिएर एकको मृत्यु

असोज ८, स्याङ्जा ।
बुधबार राति पहिरोमा पुरिएर जिल्लामा एक जनाको मृत्यु भएको छ । मृतकमा कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपाली रहेको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिए ।

तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी उनको मृत्यु भएको हो । वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्णको पुरिएर मृत्यु भएको हो ।

स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्णको शव निकालिएको हो । सोही पहिरोमा पुरिएका अर्का एक भने सकुशल रहेका बताइएको छ । (फाइल फोटो)