३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली शुक्रबार भारत भ्रमणमा जाने भएका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भारत जान लागेका हुन्। भाजपाका अध्यक्ष जेपी नड्डाले निमन्त्रणा गरेकाले प्रचण्ड भारत भ्रमणमा जान लागेको माओवादीका नेताले बताएका छन्।
राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिएका छन्।
शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।







