३० असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले एसपीपी अगाडि नबढाउने निर्णयमा पुगेका छौं भनेर नेपाल सरकारले अमेरिकालाई तुरुन्तै पत्र लेख्नुपर्ने बताएका छन्।
नेपालको राष्ट्रियतालाई कमजोर पार्ने भन्दै चौतर्फी विरोधपछि मन्त्रिपरिषदले ६ असारमा एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर अहिलेसम्म अमेरिकालाई पत्र पठाएको छैन ।







