राजविराज क्षेत्रबाट उम्मेदवारी दिने डा. शरद सिंह यादवको घोषणा

१७ साउन, राजविराज । संघ र प्रदेशको चुनाव नजिकिदै गर्दा सप्तरीमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता डा. शरद सिंह यादवले सप्तरी सदरमुकाम राजविराज क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

समाजमा परिर्वतन ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्र बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने उनले बताए । यादवले अहिले सम्म नेताहरुले जिल्लामा उल्लेख्य काम गर्न नसेकेको प्रति असंतुष्टि व्यक्त गर्दै जनताले विकास देखिने गरी परिर्वतन ल्याउन आफुले उम्मेदावारी दिन लागेको स्पष्ट पारे ।

पशु चिकित्सक सेवामा २३ वर्ष सम्म काम गरेका यादवले भने ‘जिल्लाको सदमुकाम राजविराज नगरपालिका हाल सम्म विकसित हुन सकेको छैन् भने गाउँघरको अवस्था के होला ?’ उनले प्रश्न गरे ।
राजविराज नेपालको पुरानो सिटी मध्येको एक हो, तर यस क्षेत्रको नामबाट जति नेता चुनाव जितेर गए पनि हाल सम्म केही परिवर्तन हुन नसकेको उनको तर्क छ ।

‘डिजिटल टेक्नोलाजीको जवाना आई सकियो तर गाउँ समाजमा केही परिवर्तन नहुनु दु:खद हो । भारतको जयपुरको नक्सामा आधारित पुरानो देशकै पहिलो टाउन प्लानिङ्ग सिटि राजविराज नगरपालिकालाई कसैले पनि न्याय दिन नसक्दा निकै पिर लागेको छ’ उनले भने ।

सप्तरीको महदेवा गाउँपालिको वडा नम्वर–३ बथनाहामा जन्मिएका यादवले आफ्नो जन्म स्थलका लागि केही गरेर देखाउन चुनावमा होमिन लागेको र डिजिटल टोक्नोलाजी सहितका समाज निर्माण गर्ने उद्घोष गरे ।

राजविराज नगरपालिका सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ को (ख) मा पर्दछ । यो क्षेत्रबाट संघीय संसदमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव तथा प्रदेश सभामा सोही पार्टीबाट मनिष कुमार सुमन प्रतिनिधित्व गर्दैछन् ।

बृहत विकासको लागि एउटा रोड म्याप तयार गरेर समाज सेवामै आफनो समय ब्यतित गर्ने डा. यादवको योजना छ । डा. यादवको बुवा योगेन्द्र प्रसाद यादव राजनीतिमै लागेका थिए । तत्कालिन सद्भावना पार्टीका जिल्ला अध्यक्ष समेत रहेका उनको २०६२/०६३ को आन्दोलको क्रममा हृदयघातबाट निधन भएको थियो ।

बुवा योगेन्द्रले जनतालाई देखाएको सपना पुरा गर्ने समय आई सकेकोले चुनाव जिते भ्रष्टाचार विरुद्ध लडेर सुशासन कायम गराउने तर्फ अग्रसर हुने बताए । उनले भने, ‘जनताले एकपटक मौका दिए विकास गरेर परिवर्तन भएको जनतालाई महसुस गराउने छु ।’