बञ्चरेडाँँडा बासिन्दाले गरे प्रहरीमाथि नै ढुंगामुढा, प्रहरीद्धारा ५ राउण्ड हवाईफायर

३१ साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँँडामा गएको गाडीलाई स्थानीयबासिन्दाले अवरोध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई प्रहरीले चेतावनी समेत दिएका छन् । मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने बताए ।