काठमाडौँ , ९ जेठ २०८२
नेपाल भेटेरिनरी एशोसिएसनको अधिवेशन यहि जेठ १७ गते काठमाडौँमा हुने भएको छ। अधिवेशनमार्फत हुने नयाँ नेतृत्व चयनमा हालसम्म अध्यक्ष पदमा तीन जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्ष पदका लागि उम्मेदवारी दिनेमा डा. केदार राज पाण्डे, डा. उमेश दाहाल र डा. केदार सुबेदी छन्।
डा. केदार राज पाण्डे गण्डकी प्रदेश समितिका पूर्व अध्यक्ष हुन्। उनी नेपाल सरकारको सेवाबाट निवृत्त बरीस्ट्ठ पशु चिकित्सक हुन् ।
डा उमेश दाहाल एशोसिएसनका पूर्व महासचिव तथा पशु सेवा विभागका पूर्व महानिर्देशक समेत रहिसकेका छन्। हाल उनी मधेश प्रदेश सरकार,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवको जिम्मेवारीमा कार्यरत छन्।
त्यस्तै, हाल एशोसिएसनका महासचिवको जिम्मेवारी सम्हालिरहेका डा केदार सुबेदी पनि अध्यक्ष पदको दौडमा छन्।
एशोसिएसनका उपादक्ष्य पदका निम्ती नेपाल पशु चिकित्शा परिषदका निमित्त रजिस्ट्रार तथा एशोसिएसनका पूर्व उपादक्ष्य डा राम कुमार मण्डल र राष्ट्रिय दुग्ध बिकास बोर्ड्का कार्यकारी निर्देशक एबम एशोसिएसनका पूर्व महासचिव डा राजेन्द्र प्रसाद यादव चुनाबी दौडमा होमिएका छन्।
एशोसिएसनका महासचिव पदका निम्ती एशोसिएसनका बर्तमान सचिब डा शंकर न्यौपाने तथा पशु सेवा बिभागमा कार्यरत डा चिरन्जिवी पन्थ प्रतिस्पर्धामा होमिने भएका छन्।
एशोसिएसनको सचिब पदमा भने डा बिशाल पोख्रेलले मात्र उमेद्ववारी घोषणा गरेका छन् ।
कोषादक्ष्य पदमा बर्तमान सदस्य डा. नबिन पन्थी, डा बिकास श्रेष्ठ र डा सौरभ श्रेष्ठ भिड्ने पक्कापक्की भएको छ । डा बिकास काठमाडौंमा स्थापित पशु चिकित्शक हुन् भने डा सौरभ श्रेष्ठ पशु सेवा बिभाग अन्तर्गत कार्यरत कर्मचारी हुन् ।
यस अधिवेशन मार्फत एशोसिएसनको नयाँ नेतृत्व चयन हुँदैछ, जसले भेटेरिनरी पेशाको संरक्षण, सम्वर्द्धन तथा नीतिगत सुधारतर्फ प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ।
६ वटा केन्द्रिय सदस्य पदमा ८ जनाको उमेद्द्वारी आइसकेको छ । हालसम्म सदस्य पदमा डा शरद रन्जित अमात्य, डा अजय राज ओझा, डा गणेश रानाभाट, डा रुपक कन्डेल , डा दिनेश अर्याल , डा सचिन भट्टराई, डा अमिक श्रेष्ठ र डा साधना घिमिरेले उमेद्द्वारी घोषणा गरिसकेका छन् । एशोसिएसनको प्रधान सम्पादक पदमा भने अहिलेसम्म कसैको उम्मेद्वारी परेको छैन ।







