असार १८, २०८२। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा आजैको दिन देखी नलिने भनी लेखिएको पत्र गृह मन्त्रलयमा दर्ता भएको छ।
स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवको दिन १४ असार २०८२ मा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेपछी आफुले लिदै आएकी सरकारी सेवा सुविधा फर्काउने तयारीमा थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई मासिक भत्ता,सचिवालय खर्च, इन्धन, सुरक्षालगायतको व्यवस्था सरकारले गर्दै आएको छ । विद्यादेवी भण्डारीले घरभाडा र गाडी भने लिएकी छैनन् । सुविधाको गाडी नलिए पनि मासिक २ सय ७ लिटर इन्धन भने लिने गरेकी छिन् ।







