नेपाल ह्याचरी उद्योग संघले आजबाट नाका र ह्याचरी अनुगमन गर्ने

नेपाल ह्याचरी उद्योग संघले हिजो आकस्मिक बैठक बसी आज असार २६ गते बिहिबार बाट आइतबार सम्म काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरूमा चल्ला बिक्री वितरणको अनुगमन गर्ने निर्णय गरेको छ । संघले असार २३ गते देखि असार २९ गते आइतबार सम्म एक हप्ताको निम्ती ब्रोइलर तथा कलर ब्रोइलर चल्लाको उत्पादन तथा बिक्री वितरण बन्द गर्न आभ्वान गरेको थियो ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरको संयोजकत्मा गठन भएको अनुगमन टोलिको सदस्यहरुमा प्रथम उपाध्यक्ष बलराम किसी, द्वितीय उपाध्यक्ष, बलराम सन्जेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी र संघका सदस्यहरु विष्णु प्रसाद रिमाल, नारायण गिरी छन् ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीका अनुसार काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ हुँदै काठमाडौं भित्रने नाकाहरूमा विशेष निगरानी राखिनेछ।  त्यस्तै काठमाडौं उपत्यका बाहेक धादिङ, नुवाकोट र काभ्रेपलान्चोक जिल्लामा भएको ब्रोइलर कुखुराको ह्याचरीहरुको पनि अनुगमन उक्त टोलिले गर्नेछ ।

नेपालमा दर्ता भएको ३५० ह्याचरी मध्य ८० वटा ह्याचरी मात्र सन्चालनमा आइरहेको छ ।
अहिले एउटा ब्रोइलर चल्ला रु १५ देखी २० मा बिक्री भईरहेको छ । अहिले ब्रोइलर चल्लाको लागत मूल्य रु ६० परिरहेको व्यवसायीहरु बताउछन् । गत बर्ष भन्दा यो बर्ष ४० प्रतिशतले बढी चल्ला उत्पादन भएको बताइएको छ ।