काठमाडौंको कर्फ्यू र निषेधाज्ञा हट्यो

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुर लगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा अहिले हटाएको छ ।

जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू लगाइरहेको थियो। आज बिहान ६ बजेसम्म मात्र कर्फ्यू कायम थियो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार अहिले कर्फ्यू, निषेधाज्ञा केही नरहेको बताएका छन् ।