काठमाडौँ । बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाएका छन् । भारतको धर्मशालाबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको स्मरण समेत गरेका छन् ।
रोचक के छ भने जेनजी आन्दोलनमा संलग्न देखिएको ‘हामी नेपाल’ को सम्बन्ध स्वतन्त्र तिब्बत अभियानमा सक्रिय भारतीय संस्थासँग देखिएको छ।
हामी नेपालको आधिकारिक वेबसाइटमै राखिएको सो संस्थाको सहयोगी संस्थामा ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’सँग सहकार्य गरेको उल्लेख छ। हामी नेपालको साइटमा सो संस्थाको लोगो र लिंक समेत राखिएको छ। भारतमा रहेको यो संस्था दलाइ लामासँग मिलेर तिब्बतको स्वतन्त्रताका लागि काम गर्ने गरेको छ।







