असोज १७, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ११ सय भन्दा बढीमा कोरोना संंक्रमित देखिएको जनाएको छ । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले एक हजार एक सय ७७ जनामा संक्रमण भेटिएको बताए ।
यसमध्ये पनि सबैभन्दा बढी काठमाडौं जिल्लामा एक हजार एक जना संक्रमित भेटिएका छन् । ललितपुर र भक्तपुरमा क्रमशः एक सय नौ र ६७ जनामा संक्रमण देखिएको छ ।






