मिनिबस दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

असोज १८, लमजुङ ।
जिल्लामा बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सदरमुुकाम बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको मिनिबस दुर्घटना भएको हो ।

शनिबार राति ७ बजे उदीपुर नजिक ग१ख ६५०१ नम्बरको मिनिबस पल्टेको थियो । जसमा २६ वर्षिय अर्जुन परियारको मृत्यु भएको हो । यस्तै घाइते भएका चारमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

लमजुङको सामुदायिक अस्पतालमा दुई जनाको उपचार भइरहेको र गम्भीर घाइते दुई जनालाई भरतपुर रेफर गरिएको लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । तिव्र गतिमा रहेको गाडीलाई मोडमा सम्हाल्न नसक्दा दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको छ ।