राष्ट्रपति भण्डारीद्वारा ट्रम्पको स्वास्थ्यलाभको कामना

असोज १८, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाभको कामना गरेकी थिइन् । भण्डारीले शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्प र उनकी पत्नी मेलानियाको स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

ट्रम्पलाई एक सन्देश पठाउँदै उनले कोभिड–१९ को नियन्त्रणका लागि ठोस कदम चालिनुपर्ने बताएकी छिन् । उनले नेपाल र अमेरिकाबीचको बहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरेकी छिन् ।