मृतक परिवारलाई बित्थडचिर गाउँपालिकाले एक-एक लाख राहत दिने

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाले बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने भएको ।

गाउँपालिकाले एक सूचना जारी गर्दै मृतकका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने जनाएको छ ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।