काठमाडौँ । राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले व्यङ्ग्य प्रहार गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न ।’ आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्चपदस्थ कर्मचारीको प्रवृत्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।
शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गरेका हुन्।







