काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले मंगलवार सूचना जारी गर्दै विभिन्न परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको हो । ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन मन्त्रालयले जनाएको छ ।








