नवीकरण नगरेका औषधि पसलमाथि विभागको कडाइ, दर्ता प्रमाणपत्र स्वतः रद्द

काठमाडौं  । औषधि व्यवस्था विभागले तोकिएको अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरणको म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ।

मंगलबार एक सूचना जारी गर्दै विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि नवीकरणसम्बन्धी व्यवस्था लागू गरेको जनाएको हो।

विभागका अनुसार ऐनको दफा ११ को उपदफा (५) ले तोकिएको समयसीमाभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था छ। त्यस्ता प्रमाणपत्रको अवस्थाबारे सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई जानकारी गराउने दायित्वसमेत कानुनले निर्धारण गरेको छ।

सोही कानुनी व्यवस्थाअनुसार विभागबाट जारी भएका औषधि पसल सञ्चालनसम्बन्धी प्रमाणपत्रहरूमध्ये निर्धारित अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरणको म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र अनुसूची–९ बमोजिम स्वतः खारेज भएको विभागले जनाएको छ।

विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरेको छ। साथै औषधि बिक्री–वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि नवीकरण तथा सो सम्बन्धी अन्य व्यवस्थाहरू लागू गरिएको छ। उक्त ऐनको दफा ११ को उपदफा (५) मा तोकिएको अवधिभित्र नवीकरण नगरिएका अनुज्ञापन सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः रद्द हुने र सोको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा सरोकारवालालाई उपलव्ध गराउनुपर्ने व्यवस्था रहेको छ। सोही कानुनी व्यवस्था चमोजिम औषधि व्यवस्था विभागबाट जारी भए‌का औषधि पसल सञ्चालन सम्वन्धी प्रमाणपत्रहरू मध्ये तोकिएको अवधिभिव नवीकरण नगरिएका तथा नवीकरण म्याद समाप्त भएका औषधि पसलहरुको दर्ता प्रमाणपत्र (अनुसूची स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

साथै, सम्बन्धित औषधि पसल सञ्चालकहरूले आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न तथा औषधि विकी-वितरण कार्य संचालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्ने समेत अनुरोध गरिन्छ।