काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका छन् ।
राष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत हास्मीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ र सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।







