कालीकोटमा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार उनीहरूले अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अस्पतालका सामानसमेत तोडफोड गरेका थिए।

घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिए ।