काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको हो।







