काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्मा सहभागी थिए।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा त्यहाँ उठाइने विषयमा आवश्यक परामर्श गर्न प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिहरूलाई बोलाएको बताइएको छ।
प्रधानमन्त्री शाह मंगलबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने तयारीमा छन्। उनी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने कार्यक्रम छ।






