चार दिनमा बाढी-पहिरोबाट २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

काठमाडौं – पछिल्लो चार दिनमा बाढी-पहिरोमा परी २१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ८ असोजदेखि आइतबार साँझ ६ बजेसम्म २१ जनाको मृत्यु भएको हो।

यी चारमा दिनमा घटेको ४२६ घटनामा २१ जनाको मृत्यु भएको हो। जसमा पहिरोबाट १४ जना, बाढीबाट ४ जना र अबिरल वर्षाका कारण ३ जनाको मृत्यु भएको छ। 

यी घटनामा पाँच जना बेपत्ता छन् भने पाँच जना घाइते भएका छन्। चार दिनमा मात्र ७४७ परिवार प्रभावित भएका छन् भने १४३ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ।

facebook sharing button